भारतमा काँग्रेसलाई झट्का, पार्टी महासचिवले दिए राजीनामा, भाजपा प्रवेश गर्दै

होमल्याण्ड खबर

२०७६ फाल्गुन २७ गते, मंगलवार १३:५० मा प्रकाशित

भारतीय काँग्रेस पार्टीलाई नयाँ झट्का लागेको छ । पार्टीका महासचिव ज्योतिरादित्य सिंधियाले राजीनामा गरेका छन् । मध्य प्रदेशको मुख्य मन्त्री बन्ने अभियानमा रहेका पार्टी महासचिव सिंधियाले राजीनामा दिएपछि प्रदेश सरकार पनि ढल्ने निश्चित भएको छ । उनले ट्वीटर मार्फत आफ्नो राजीनामाको घोषणा गरेका हुन् । मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथ र पूर्व मुख्यमन्त्री दिग्वीजय सिंहसँगको अन्तरबिरोधपछि सिंधियाले काँग्रेस छोड्ने निधो गरेका हुन् ।

सिंधियाले काँग्रेसमा रहेर आफ्नो उदेश्य पुरा गर्न नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा गरेको बताएका छन् ।