३ मंसिर २०८१, सोमबार
मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ र उपाध्यक्ष वामदेव गौतमबारे छलफल गर्न आज नेकपा सचिवायलय बैठक बस्दैछ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको सचिवालय बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ ।
आजको बैठक प्रधानमन्त्री केपी ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपणपछिको पहिलो हो । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी हुनुहुने सचिवालय स्रोतले जनाएको छ । नेकपा नेतृत्वलाई एमसीसी पारित गर्न दबाब परेको छ ।
केही समययता नेकपामा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने विषयसमेत पेचिलो बन्दै गएको छ । आजको बैठकमा यी लगायत अन्य समसामयिक विषयमा समेत छलफल हुने सचिवालय स्रोतको भनाई छ ।