कोरोनाको सन्त्रासका कारण प्रचण्डले गरे सम्पूर्ण भेटघाट बन्द

होमल्याण्ड खबर

२०७६ चैत्र ६ गते, बिहीबार १५:५४ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको सन्त्रास बढेकाले अति जरुरी बाहेकका अन्य भेटघाट बन्द गरेका छन् ।

विश्वभर फैलिइरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भेटघाट बन्द गरिएको प्रचण्डकी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन् ।

गंगाले बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट ‘अत्यावाश्यक’ बाहेक हाललाई स्थगित गरिएको छ’,लेखेकी छन् ।

सामान्य अवस्थामा प्रचण्डले बिहान र बेलुका आफ्नै निवास खुमलटारमा नेता कार्यकर्तासँग भेटघाट गर्ने गरेका थिए ।