तपाईलाई अर्गानिक तरकारी चाहिएको छ ? उपत्यकाका यी ठाउँमा पाइन्छ

होमल्याण्ड खबर

२०७६ चैत्र १६ गते, आईतवार ०८:०५ मा प्रकाशित

प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहअन्तर्गतको ‘माटो ब्राण्ड’ को भ्यानले अब काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा फलफूल र तरकारी उपलव्ध गराउने भएको छ । ‘आत्मनिर्भरताको उपाय खोजौ, नेपाली माटोको उत्पादन रोजौ’ भन्ने नारासहित बजारमा आएको उक्त ब्रान्डको भ्यान अब तरकारी र फलफुल लिएर काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य चोकमा उपलव्ध हुने भएको हो ।

फलफूल र तरकारीसहितको माटो ब्रान्डको भ्यान अब काठमाडौंको ज्ञानेश्वर, नक्साल, केएमसी नजिक सिनामंगल र सोल्टीमोडमा उपलव्ध हुनेछ भने ललितपुरको बालकुमारी, झम्सिखेल र लगनखेलमा उपलव्ध हुनेछ । त्यस्तै भक्तपुरको चुनदेवीमा पनि माटो ब्रान्डको भ्यानले ग्राहकहरुका लागि अग्रानिक तरकारी र फलफूल उपलव्ध गराउने जनाइएको छ ।