९ मंसिर २०८१, आईतवार
तनावपूर्ण ला लिगाको एल क्लासिको भीडन्तमा रियल मड्रिड र बार्सिलोना बराबरी खेलेका छन् । पहिलो हाफ र दोश्रो हाफमा अग्रता कायम गरे पनि बार्सिलोनाले जोगाउन नसक्दा घरेलु मैदानमा बराबरी खेल्दै लिगमा अपराजित यात्रा कायम राखेको छ ।
पुरै ४५ मिनेट १० खेलाडीमा सिमित रहेको बार्सिलोनाको लागि सुवारेज र लियोनल मेस्सीले गोल गरे । लुइसस् वारेजले पहिलो हाफकोे १० औं मिनेटमा गोल गरे भने चार मिनेटपछि नै क्रिष्टियानो रोनाल्डोले बराबरी गोल गरे ।
पहिलो हाफको इन्जुरी टाइममा बार्सिलोनाका सार्गी रोबर्टोले रातो कार्ड पाए पनि ५२ औं मिनेटमा लिओनल मेस्सीले गोल गरेर २–१ को अग्रता कायम गर्यो । त्यसपछि ग्यारेथ बेलको गोलको मदतमा ७२ औं मिनेटमा रियल मड्रिडले ला लिगा च्याम्पियन बार्सिलोनासँग बराबरी गर्न सफल रह्यो ।
यो बराबरीसँग ला लिगामा सिंगो सिजन अपराजित रहन तीन खेल बाँकी छ । रियलका रोनाल्डो घाइते भएका कारण मैदान दोश्राो आफभर बाहिर थिए । उनको स्थानमा एसेन्सिओ मैदान छिरेका थिए । यो बराबरीसँगै बार्सिलोनाले अब बाँकी तीन खेल नहारे ला लिगाको सिंगो सिजन अपराजितको रेकर्ड बनाउनेछ ।