९ मंसिर २०८१, आईतवार
इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आइतबार राती भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ ।
१४६ रनको सामान्य लक्ष्य रक्षा गर्दै हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । हैदराबादको यो जितका कारण विराट कोहलीको टिम बैंग्लोरलाई इलिमिनेसनको दबाब बढेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो । अन्तिम चार ओभरमा ३४ रन बनाउन सात विकेट गुमाएको हैदराबादका लागि केन विल्यमसनले ५६ रनको कप्तानी पारी खेले । शकिव अल हसनले पनि ३५ रनको योगदान दिए । बलिङ तर्फ टिम साउथी र मोहम्मद सिराजले ३–३ विकेट लिएका थिए ।
१४७ रनको लक्ष्य पछ्याएको बैंग्लोर २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रनमा समेटियो । हैदराबादका लागि विराट कोहलीले सर्र्वािधक ३९ रन बनाए भने कोलिन डि ग्राण्डहोमले ३३ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन अझ खराब रह्यो । मन्दिप सिंहले २१ र पार्थिव पटेलले २० को योगदान दिए ।
हैदराबादलाई जित दिलाउनका लागि बलिङ तर्फ शकिव अल हसनले २ विकेट लिए भने सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कैलले १–१ विकेट लिए ।
जितसँगै हैदराबाद १० खेलबाट १६ अंक बनाउँदै आईपीएल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने बैंग्लोर समान खेलबाट ६ अंक सहित छैटौं स्थानमा छ ।