संसद्‍मा ४ मिनेट सम्बोधन गर्दै देउवाले भने– कांग्रेसको पूर्ण समर्थन छ

होमल्याण्ड खबर

२०७७ जेष्ठ ३१ गते, शनिबार १५:११ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेकोमा दुईमत नरहेको भन्दै संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा करिब चार मिनेट मात्रै सम्बोधन गरेका देउवाले सुगौली सन्धि १८१६ अनुसार अंग्रेजले छापेको नक्सा र चीनको नक्सामा पनि कालीपूर्व नेपालको भूभाग भएको स्पष्ट भएको बताए ।

उनले केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनको पक्षमा पूर्ण समर्थन गर्ने निर्णय गरेको पनि उनले बताए ।   कूटनीतिक तवरबाट भूमि फिर्ता ल्याउने अभियानमा पनि कांग्रेसले सरकारलाई साथ दिने बताए ।