राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित

होमल्याण्ड खबर

२०७७ असार ४ गते, बिहीबार १३:२९ मा प्रकाशित

राष्ट्रियसभाले संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको छ । नेपालको भारत अतिक्रमित भूमि लिपुले,लिम्यिाधुरा र कालापानी समेटेर जारी नयाँ नक्सा निशान छापमा राख्नका लागि सरकारले सो विधेयक ल्याउको थियो ।
विधेयक आज राष्ट्रियसभामा निर्णयार्थ पेश हुँदा उपस्थित सबै अर्थात ५७ सांसदले नै विधेयकको पक्षमा मतदान गरे ।

अब राष्ट्रपतिले प्रमाणित गरेपछि नेपालको नयाँ नक्सा संविधानको अंग बन्ने छ ।