१० मंसिर २०८१, सोमबार
एजेन्सी : स्पेनिस ला लिगा फुटबल अन्तर्गत शीर्षस्थानमा रहेको रियल म्याड्रिडले मंगलबार बिहान भएको खेलमा ग्रानडालाई २-१ ले गोल अन्तरले पराजित गरेको छ । कोरोना पछि रियलको लिगमा यो लगातार नवौं जित हो ।
पाहुना टोली रियलले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त रह्यो । रियलको जितमन लागि फर्लान्ड मेन्डी र करीम बेन्जेमाले गोल गरेका थिए । ग्रानडाका डार्विन माचिसले एक गोल गरे ।
जारी खेलको १० अौ मिनेटमा नै पाहुना टोली रियल म्याड्रिडले अग्रता लिएको थियो । क्यासेमिरोले दिएको पासलाई अगाडी बढाउँदै तीन डिफेन्डरको चुनौती पार गर्दै रियलका लागि पहिलो गोल गरेका थिए ।
उक्त अग्रता लिएको ६ मिनेटमै रियल २-० ले अगाडी बढ्न सफल रह्यो । फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट उत्कृष्ट नियन्त्रणपछि गरेको प्रहार गोल भएको थियो । लुका मोड्रिचको पासलाई बेन्जेमाले अगाडी बढाएर डिफेन्डरलाई छक्याउँदै दोस्रो बारमा गरेको प्रहार गोल भएको थियो ।
जारी खेलको दोस्रो हाफको ५ अौ मिनेटमै घरेलु टोली ग्रानडाले गोल फर्काउँदै खेलमा फर्किएको संकेत दियो । माचिसले गोल गर्दै रियलको अग्रता कम गरेका थिए ।
खेलको अन्तिम ५ मिनेट समय बाँकी रहँदा ग्रानडाले खेल बराबरीमा ल्याउने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । र रियल २-१ गोलले विजयी भयो ।
यस जितसँगै रियलले बार्सिलोनासँग ४ अंकको अग्रता लिएको छ । भने रियललाई ३४ अौ लिग जितनको लागि मात्र २ अंक प्रयाप्त हुन्छ । रियलले ३६ खेलबाट ८३ अंक जोडेको छ भने बार्सिलोनाले ७९ अंक बनाएको छ ।