अष्ट्रेलियामा हुने भनिएको टि–२० विश्वकप स्थगित

होमल्याण्ड खबर

२०७७ श्रावण ६ गते, मंगलवार ०९:४० मा प्रकाशित

एजेन्सी : विश्वभर फैलिएको कोरोना भाइरस को महामारीको कारण आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि–२० विश्वकप स्थगित भएको छ ।
सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बैठकले विश्वकपको मिति एक वर्षको लागि सार्ने निर्णय गरेको हो ।अब टि-२० विश्वकप २०२१ अक्टोबर नोभेम्बरमा हुने आइसिसीले जनाएको छ । आइसिसी एक दिवसिय विश्वकप २०२३ अक्टोबर नोभेम्बरमा गर्ने भएको छ । यसअघि एकदिवसीय विश्वकप फ्रेब्रुअरी ९ देखि २६ मार्च सम्म भारतमा हुने तय भएको थियो ।
त्यस्तै २०२१ मा भारतमा हुने भनिएको टि–२० विश्वकप २०२२ मा अक्टोबर नोभेम्बरमा हुने छ । नेपाल भने यो वर्ष हुने टि–२० विश्वकपमा एसिया छनोटबाटै बाहिरिएको थियो । यसअघि २०२१ मा भारतमा हुने भनिएको टि–२० विश्वकपमा नेपालले सिधै ग्लोबल छनोट क्वालिफायरमा मौका पाएको थियो । अब नेपालले सन् २०२२ सम्म सरेको प्रतियोगिताको लागि छनोट खेल्नेछ ।