१० मंसिर २०८१, सोमबार
एजेन्सी : इंग्लिस प्रिमियर लिगमा बुधबार राति भएको खेलमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा वेस्टह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा थप गरिएको दोस्रो मिनेटमा माइकल एन्टेनियोले पेनाल्टीमार्फत गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा पल पोग्वाले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै वेस्टह्यामलाई पेनाल्टीको मौका दिएको थियो । जसलाई एन्टेनियोले सदुपयोग गरे ।
जारी खेलको ५१ औं मिनेटमा घरेलु टोलीका मासन ग्रीनवुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेडले वेस्टह्यामसँग अंक बाड्न बाध्य बन्यो ।
उक्त बराबरीपछि युनाइटेडले चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । चेल्सीसँग समान ६३ अंक रहेपनि युनाइटेड गोलअन्तरमा अघि बढेको हो । यता पराजित वेस्टह्याम ३८ अंक जोडेर १५औं स्थानमा रहेको