होमल्याण्ड खबर
२०७७ श्रावण १२ गते, सोमबार ०८:१६ मा प्रकाशित
एजेन्सी : लन्डन क्लब चेल्सी र म्यानचेस्टर युनाइटेड अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । लिग अन्तर्गत आईतवार रातिको आ-आफ्नो अन्तिम खेलमा जित निकालेका हुन ।
चेल्सीले वल्भ्सलाई २-० र म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २-० ले गोल अन्तरले पराजित गर्दै दुई टोलीले अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट भएका छन ।
युनाइटेड तेस्रो र चेल्सी चौथों स्थानमा रहँदा अर्को सिजनमा हुने च्याम्पियन्स लिगको लिगको लागि छनोट भएका हुन । यस दौडमा रहेको लेस्टर सिटी भने असफल भयो । यदी उसले अन्तिम खेलमा युनाइटेड माथि जितेको निकालेको भए उसले च्याम्पियन्स लिगको स्थान सुरक्षित गर्ने थियो । तर त्यसो हुन् नसक्दा युनाइटेड र चेल्सीले समान
६६ अंक जोड्दै च्याम्पियन्स लिगका लागि सुरक्षित गरे । लेस्टर सिटीले भने पाँचौ स्थानमा चित्त बुझाएको छ । उसले ३६ खेलबाट अंकतालिकामा ६२ अंक जोड्यो ।
युनाइटेडलाई खेलमा जित दिलाउन ब्रूनो फर्नांडीस र जेसी लिंगार्डले समान एक -एक गोल गरेका थिए ।
खेलको ७१ औं मिनेटमा युनाइटेडडले पेनाल्टीमार्फत अग्रता बनाएको थियो । उसका लागि ब्रूनोले फर्नाडीसले खेर फालेनन् । खेलको अन्तिम समयमा जेसीले टिमका लागि दोस्रो गोल गरेपछि लेस्टर स्तब्ध बनाएका थिए ।
यता चेल्सीले अाफ्नो घरेलु मैदानमा वल्भ्समाथिको जितमा दुवै गोल पहिलो हाफको अतिरिक्त समयमा गरेको थियो । उसका लागि पहिलो गोल मासोन माउंट र दोस्रो गोल ओलिभिए जिरूडले गरेका थिए ।
यता लिगको समाप्तिसँगै अन्तिम तीन स्थानमा रहेका नर्विच सिटी, वाटफोर्ड र बर्नमाउथ रेलिगेसनमा परेका छन् ।