पार्टी एकतालाई आघात पर्ने गरी उत्तेजित नहुन प्रधानमन्त्री ओलीलाई प्रचण्डकाे आग्रह

होमल्याण्ड खबर

२०७७ श्रावण १३ गते, मंगलवार १६:१७ मा प्रकाशित

काठमाडौं,  नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकतालाई आघात पर्ने गरी उत्तेजित नहुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटरमा ओलीसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी बैठक रोकेको भन्दै सुचारु गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । उनीसँगै झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बालुवाटार पुगेका हुन् ।

सोमबार प्रचण्डसहितका इतर समूहले स्थायी कमिटी नरोक्ने निष्कर्ष निकालेका थिए । मंगलबार बिहानसम्म दुई अध्यक्षबीच कुनै संवाद हुन नसकेपछि बैठक अनिश्चितकालसम्म रोकिएको थियो ।