९ मंसिर २०८१, आईतवार
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले नयाँ होण्डा ग्राजियालाई नेपाली बजारमा ल्याएको छ ।
समकालीन शहरी डिजाइनमा आधारित आधुनिक स्कुटरहरुलाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल होण्डा ग्राजियामा आकर्षक र स्टाईलिस लुक रहेको छ ।
एलइडी हेडल्याम्प युक्त यस स्कुटरमा १२५ सिसि ईन्जिन रहेको छ । होण्डा इको टेक्नोलोजीको प्रयोगका कारण यस स्कुटरमा बढी माइलेज र पावर हुनुका साथै १९० एमएम फ्रन्ट डिस्क ब्रेक भएकाले यसलाई आवश्यक समयमा रोक्न सजिलो हुनेछ । सिट खोल्नको लागि स्विचका साथै फोर ईन वान लक सिस्टम रहेको छ । इक्युलाइजरका साथै कोम्बी ब्रेक सिस्टम युक्त यस स्कुटरले ब्रेकिङ्ग दूरी न्यूनतम गरी स्कुटरलाई नियन्त्रणमा राखी सुरक्षित यात्रा सुनिश्चित गर्ने कम्पनीको दावी छ ।
विभिन्न विशेषताहरुले भरिपूर्ण यस होण्डा ग्राजियामा अर्को मुख्य आकर्षक विशेषता भनेको यसमा रहेको फ्रन्ट ग्लोब बक्स र मोबाइल चार्जिङ्ग सकेट हो ।