होमल्याण्ड खबर
२०७७ श्रावण १८ गते, आईतवार ११:२६ मा प्रकाशित
एजेन्सी : आर्सनलले उत्कृष्ट पुनरागमनका साथ एफएको उपाधि जितेको छ । फाइनल खेलमा चेल्सीलाई शनिबार २–१ ले हराउँदै आर्सनलले एफए कपको उपाधि जितेको हो । आर्सनलले एएफ कप जितेको यो १४ औं पटक हो ।
उक्त फाइनलमा चेल्सीले खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा उपाधि जित्नबाट बन्चित हुनु परेको थियो । जारी खेलको ५अौ मिनेटमा क्रिस्टियन पुलिसकको गोलमा चेल्सीले अग्रता लिएको थियो । तर उक्त अग्रता आर्सनलले २८ औं मिनेटमै बराबरी गोल फर्काएको थियो । पिइरी इम्रिक अबामेयाङले पेनाल्टी मार्फत बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफको ६८ औं मिनेटमा अबामेयाङले अर्को गोल गर्दै जितको आधार तयार पारेका थिए । चेल्सीका मेटेउ कोभाकिकले ७३ औं मिनेटमा दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाड्न परेको थियो । आर्सनलपछि म्यानचेस्टर युनाइटेडले १२ पटक एफए कप जितेको थियो । आर्सनलले पछिल्ला १० पटक एफए कप फाइनल खेल्दा ९ पटक उपाधि उचालेको छ ।