रियल मड्रिड र युभेन्टस एकै रात च्याम्पियन्स लिग बाट बहिरियो

होमल्याण्ड खबर

२०७७ श्रावण २४ गते, शनिबार ०८:५८ मा प्रकाशित

एजेन्सी ! इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग पराजित हुदै रियल युरोपियन च्याम्पियन्स लिगबाट बाहिरीएको छ । शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडमाथि सिटीले २–१ गोल र समग्रमा ४–२ को जितसँगै सिटीले अन्तिम आठमा स्थान बनाएको हो ।
सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीलाई जिताउन रहीम स्टर्लिङ, ग्राबियल जेससले समान एक–एक गोल गरे । यता, रियलका करिम बेन्जेमाले एक गोल फर्काए ।
यता अर्को खेलमा इटालियन लिग च्याम्पियन क्लब युभेन्टस पनि युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । अन्तिम १६ को दास्रो लेगमा जित निकाले पनि अवे गोलका आधारमा युभेन्टस क्वार्टरफाइनल नपुगी च्याम्पियन्स लिगबाट बाहिरीयो समग्रमा २–२ को नतिजा भए पनि अवे गोलका आधारमा युभेन्टस स्तब्ध बनेको हो ।
शुक्रबार राति भएको खेलमा युभेन्टसले फ्रेन्च क्लब लियोनमाथि २–१ गोलको जित निकालेको थियो । युभेन्टसको मैदान टुरिनमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । यता, लियोनका मेम्फिस डिपेले एक गोल गरेका थिए ।
यस्तै रोनाल्डोले एकै सिजनमा युभेन्टसबाट सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए । साथै उनी च्याम्पियन्स लिगमा पनि सर्वाधिक गोल कर्ता हुन उनको हालसम्म १३० गोल पुगेको छ ।