मन्त्रिपरिषद बैठक बस्दै

होमल्याण्ड खबर

२०७५ जेष्ठ ६ गते, आईतवार ०८:०५ मा प्रकाशित

एमाले र माओवादी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीे आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ ।
बैठक आज अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।
एक मन्त्रीका अनुसार आजको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा छलफल हुनेछ ।
सरकारले जेठ सात गते नीति तथा कार्यक्रम ल्याउने यसअघि नै घोषणा गरिसकेको छ ।
यसअघि एमाले र माओवादी सरकारमा थिए भने गत फागुन ३ गते पार्टी एकतापछि सरकारमा एक दल (नेकपा) मात्रै भएको छ ।