१० मंसिर २०८१, सोमबार
एजेन्सी – क्लवका पूर्व खेलाडी आन्द्रे पिर्लोलाई प्रशिक्षकमा नियुक्त गरेर सबैलाई आश्चर्यमा पारेको युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो नयाँ क्लव खोज्ने पक्का जस्तै भएको छ ।
यस्तैमा एक मिडियाले रोनाल्डोले युभेन्टस छोड्ने तयारी गरेको बताएको छ । उनी इट्लीबाट अर्को क्लवमा जाने संभावना रहेको बताइए । युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाट युभेन्टस बाहिरिए पछि ,युभेन्टसका पोर्चुगिच स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यसै समरमा युभेन्टस छाडने चर्चा एकाएक सुरू भएको छ ।
यो सिजनको नतिजा बाट ३५ बर्षका पोर्चुगिज रोजाल्डो निकै निराश बनेकाे र उनले नयाँ सिजनमा नयाँ क्लब बाट खेल्ने सम्भावना बढेको बिभिन् रिपोर्टहरूले उल्लेख गरेका छन ।
इटालियन र पोर्चुगिज मिडियाले युभेन्टसमा रोनाल्डोको भविष्य अनिश्चित रहेको भन्दै विभिन्न समचारहरू छापेका छन । युभेन्टसले यो सिजन घरेलु लिग मात्रै जिते पनि रोनाल्डोले ब्यक्तिगत रूपमा टिमलाई ठूलो योगदान दिएका छन । उनले क्लब र लिगमा केही दुर्लभ रेकर्ड पनि राखेका छन ।
दुई घरेलु प्रतियोगिताको फाइनलमा पुगेर हार्नु, च्याम्पियन्स लिगको अन्तिम १६ बाटै टिम अाउट हुदा उनी निकै निराश बनेको र क्लब छाड्ने मनासय बनाएको चर्चा चल्न थालेको छ । रोनाल्डो फ्रेन्च क्लब पिएसजी जान सक्ने भनेर चर्चा चल्न थालेको छ ।
रोनाल्डोले यो सिजन युभेन्टसका लागि सबै खाले प्रतियोगितामा गरि कुल ४६ खेलबाट ३७ गोल गरेका छन , भने ५ वटा गोलको लागि पास मिलाइ दिएका छन ।