होमल्याण्ड खबर
२०७७ श्रावण २८ गते, बुधबार १४:०९ मा प्रकाशित
काठमाडौं : कोरोना भाईरस ( कोभिड १९ ) को महामारीलाई मध्ये नजर गर्दै एगफसीले फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको जनाएको छ ।
सन २०२२ मा हुने फिफा विश्वकप छनोट र २०२३ मा हुने एसियन कप छनोट अन्तर्गतका बाँकी खेलहरु पुन: स्थगित भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको जनाएको छ ।
दशरथ रंगशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने तालिका तय गरेको थियो । असोज २२ गते चाईनिज ताईपेसँग खेल्दा त्यसको ठिक ५ दिनपछि अष्ट्रेलियाको सामना गर्ने तालिका रहेको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका थियो । नेपालले विश्वकप छनोटमा लागि भदौ १ गतेबाट प्रशिक्षण थाल्ने तयारी समेत गरेको थियो । जसको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको कोरोना परिक्षण समेत गरेको थियो ।