३ मंसिर २०८१, सोमबार
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीभित्र लामो समयदेखि जारी विवाद सहमतिमा टुंगिने दिशामा अघि बढेको छ । नेकपाभित्रको जारी विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल बनेको छ। यो संगै नेकपा भित्रको विवाद सहमतिको दिशामा अघि बढेको हो ।
शुक्रबार बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले सो कार्यदल बनाएको हो । सो छलफलले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको हो ।
कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल छन्।
कार्यदललाई यथासक्य चाँडो सहमतिको खाका तयार पार्न निर्देशन दिएको छ ।