३ मंसिर २०८१, सोमबार
काठमाडौ । नेपाली कांग्रेसले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा बिक्री गर्न चलखेल सुरु भएको आरोप लगाएको छ । कांग्रेस संसदीय दल प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले संघीय सरकारका स्वास्थ्य मन्त्री र प्रतिष्ठानको उपकुलपतिको संलग्नतामा प्रतिष्ठानको जग्गा बिक्री कार्य सुरु गरिएको आरोप लगाएका हुन् ।
प्रतिष्ठानले धरानको छाता चोकस्थित पुरानो अस्पतालको जग्गा स्थानीय सरकार र सरोकारवालासँगै समन्वय नगरी व्यापारीलाई बिक्री गर्ने चलखेल गरेको उनको भनाई छ । प्रतिष्ठानले कोभिड १९ का संक्रमितको लागि हालसम्म ३ सय शैयाको अस्पताललाई सञ्चालन गर्न नसकेको अवस्थामा उपकुलपतिनै जग्गा बिक्रीमा लागेको बताइएको छ ।
प्रमुख सचेतक कार्कीले काठमाडौँको एक होटलमा सिनेट बैठक राखेर उपकुलपतिले प्रतिष्ठानको गरिमामा आँच पुग्ने कार्य गरेको समेत बताए ।