राष्ट्रिय झण्डा जलाउनेलाई कडा कारवाही गर्न कांग्रेस प्रवक्ता शर्माको माग

होमल्याण्ड खबर

२०७७ भाद्र २ गते, मंगलवार १८:३० मा प्रकाशित

काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय झण्डा जलाउनेलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको झण्डा जलाउनेलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा स्ट्याटस लेख्दै उनले देशको झण्डा, नक्सा या अन्य कुनैपनि प्रतिक चिह्न जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकता नभएको बताए ।

युट्युबमा एक समूहले नेपाली झण्डा जलाएको तथा जातीय घृणासहितको भिडियो राखेपछि प्रवक्ता शर्माले कारवाहीको लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपालको पहिचान र नेपालीको संवेदनशीलतामाथि भएको प्रहार जोसुकैबाट भएपनि क्षम्य नहुने उनले उल्लेख गरेका छन् । युट्युवमा नेपालको राष्ट्रियता एवं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको र झण्डा जलाएको म्युजिक भिडियो सार्बजनिक चौतर्फी आलोचना भैरहेको छ ।