बाढीपहिरो पीडितलाई कांग्रेसले पठायाे ४५ लाख

होमल्याण्ड खबर

२०७७ भाद्र २ गते, मंगलवार २१:३२ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी–पहिरो पीडितको राहतका लागि ४५ लाख रुपैयाँ दिएको छ । कांग्रेसले बाढीपहिरो प्रभावित मुलुकको ३० जिल्लालाई प्रतिजिल्ला १ लाख ५० हजार रुपैयाँका दरले रकम पठाइएको हो ।

बाढी–पहिरो प्रभावितको उद्दार र राहतमा खर्च हुने गरी ४५ लाख रुपैयाँ जिल्ला कार्यसमितिका नाममा पठाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभ्एको छ ।

लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी र पर्सामा रकम पठाएको हो । त्यस्तै धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीलाई पनि रकम पठाएको मुख्य सचिव पौडेलले बताउनुभयो ।