३ मंसिर २०८१, सोमबार
काठमाडौ । झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा निर्वाचन आयोगमा निवेदन परेको नेकपा एमाले पार्टीलाई दर्ता भएको छ । निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ जानकारी दिएका छन् । केही दिनभित्रै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने आयोगले तयारी गरेको छ ।
दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ । दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयजना भन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणि गरेपछि आयोगको बैठकले एमालेलाई निर्वाचन आयोगमा दर्ता गरेको प्रवक्ता श्रेष्ठले बताए । आयोगले माग अनुसार एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह प्रदान गरिएको छ ।
२०७५ साल जेठ २ गते तत्काली एमाले र माओवादी केन्द्रबीच एकता भएर ने क पा गठन भएपछि नेकपा एमाले खाली रहेको थियो । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि निवेदन परेको थियो ।