२६ फाल्गुन २०८२, मंगलवार
कालिकोट । कालिकाेट जिल्लाकाे खाँडाचक्र नगरपालिका वडा नं 2 सेरी ब्युराकाेटी टाेलका १ सय ५० जना नेकपाका नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस कालिकाेटका प्रभावशाली यूवा नेता भुपेन्द्र जंग शाहीकाे उपस्थितिमा विगत लामाे समय देखि नेकपामा संगलग्न सम्पुण गाँउ वासिहरू नेपाली कांग्रेसमा प्रवेस गरेका हुन।


नेकपाकाे सरकार बाट जनअपेक्षा अनुसार काम नभएकाे, भ्रष्टाचार माैलाएकाे भन्दै खाँडाचक्र नगरपालिका वडा नं २ सेरी ब्युराकाेटी टाेलका १ सय ५० जना नेकपाका नेता तथा कार्यक्रता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
नेपाली कांग्रेसका महासमिति सदस्य, २०७४ सालकाे प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा युवा नेता भुपेन्द्रजंग शाहीले खाँडाचक्र नगरपालिका वडा नं २ सेरीब्युराकाेटी टाेल नै काँग्रेसमा प्रवेश गराएका हुन ।
प्रवेश हुनेहरुमा नेकपाका नेता ललित विक, धिरज बिक, पदम बिक, सुरज बिक, बिर्जित विक, प्रेम बिक, अम्म बिक, अबिलाल बिक सहित १ सय ५० जना नेता तथा कार्यकर्ता छन् ।
नेकपाकाे पकड रहेकाे गाँउनै नेपाली काँग्रेसमा प्रवेश बनाउदै काँग्रेस युवा नेता भुपेन्द्रजंग शाहीले नेकपाकाे सरकारले गरेकाे गलत काम र राष्टघातका कारण जनताहरु अाजित भएर काँग्रसमा प्रवेश गर्न थालेकाे बताए ।
उनले कालिकाेट पनि अब काँग्रेसमय बन्ने दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता पदमबहादुर शाही, पुर्व जिविस सभापती कटकबहादुर शाही, कांग्रेस नेता कालिबहादुर शाही, मानबहादुर शाही, गगन बिक, तुल विक, केशव बिक लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।