१० मंसिर २०८१, सोमबार
काठमाडौं । हाल छुट्टीमा ग्रीसमा रहेका इंग्लिस फुटबलर तथा म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मागुइरे पक्राउ परेका छन् ।
माइकोनोसमा प्रहरी अधिकारीहरुसंगको झगडामा तीन विदेशीलाई पक्राउ गरिएको थियो जसमध्ये एकजना युनाइटेडका कप्तान ह्यारी मागुइरे पनि थिए ।
मागुइरेका वकिल कोन्स्टान्टिनोस डारिभासले मागुइरे विरुद्ध लागेका आरोपहरू अस्वीकार गर्दै उनी कुनै पनि आरोपबिना रिहा हुनेकुरामा आफु विश्वस्त रहेको जानकारी दिएका छन् ।
ग्रीस पुलिसले एक विज्ञप्ति जारी गर्दै भनेको छ एउटा बारको बाहिर दुई समूहको बिचमा भएको कुराकानी उनीहरुले बिच्छेद गर्ने खोजेका थिए गरेका थिए र प्रहरीलाई मौखिक दुर्व्यवहार गरेका थिए र एक अधिकारीलाई कुटपिट पनि गरेका थिए ।
प्रहरीका अनुसार उनीहरु विरुद्ध फाइल खोलिएको छ जसमा उनीहरुले हिंसा अनाज्ञाकारिता, शारीरिक हानी, अपमान र एक प्रहरी अधिकारीलाई घूस दिने प्रयास गरेको आरोप लागेको छ ।
ह्यारी मागुइरे गत वर्ष जुलाईमा विश्वकै सर्वाधिक महँगा डिफेन्डरको रुपमा लेस्टर सिटीबाट म्यान्चेस्टर युनाइटेड आएका थिए ।