अभिषेकले पाए ११ नम्बरको जर्सी

होमल्याण्ड खबर

२०७७ भाद्र १२ गते, शुक्रबार १२:३७ मा प्रकाशित

काठमाडौं : भारतको मोहम्मेदन स्पोर्टिङ क्लबमा आवद्ध भएका नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अभिषेक रिजालले ११ नम्बरको जर्सी लगाउने पक्का भएको छ ।

अभिषेक गत बुधबार भारत गएका थिए । स्थलमार्ग हुँदै भारत गएका अभिषेक कोलकत्ताबाट प्लेनमा गएका थिए । अभिषेकले मोहम्मेदनसँग तीन वर्षको सम्झौता गरेका छन् ।

भारतीय फुटबल फेडेरेसनले कोरोनाको महामारीकाबीच रोकिएको लिग पुनः सुचारु गर्ने तयारी गरेको छ ।