३० कार्तिक २०८१, शुक्रबार
सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधराणा तयार गरेको छ । यसका लागि आधुनिक र सुविधाजनक ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरी यो एपको निर्माण गर्ने योजना छ ।
प्रधानमन्त्री तथा मन्त्रीरपरिषदको कार्यालयले यस्तो एप निर्माणका लागि गृहकार्य भइरहेको जनाएको छ । अहिले सरकारले ‘हेलो सरकार’ संयन्त्रमार्फत नागरिकको गुनासो लिइरहेको छ । ‘हेलो सरकार’मा समाजिक सञ्जाल र टेलिफोनमार्फत मात्रै गुनासो गर्न सकिन्छ । तर, अब सरकारका सेवा, सुविधा, नागरिरकका समस्या सिधा सम्बन्धित निकायमा पुग्ने गरी यस्तो एप बनाउन लागिएको हो ।
एकीकृत रुपमा सरकारका सबै निकायसम्बद्ध गुनासो सुन्न र सम्बोधन गर्नका लागि मोबइल एप सञ्चालन गर्ने योजना बनेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताएका छन । यस्तो एपमा सबै मन्त्रालय र सम्बद्ध निकायको गुनासो सोझै एपमार्फत कार्यलय प्रमुखसम्म र्पुयाउन सकिने अवधारणा तयार गरिएको छ ।
यो एप बनाउन आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था हुनेछ । यसमार्फत आउने गुनासो प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा गुनासो सम्बोधन गर्न छुट्टै संयन्त्र राख्ने तयारी सरकारले गरेको छ ।
‘अहिले हेल्लो सरकारले गरिरहेको कामलाई थप व्यवस्थित र छरितो बनाउन यो व्यवस्था गर्न लागिएको हो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,’गुनासो सुनेपछि तत्कालै त्यसको सम्बोधन गराउन यो प्रभावकारी हुनेछ ।’
सरकारी कार्यालयहरुमा देखिएको बेथिति, विकास निर्माणका काममा भएका ढिलासुस्ती र लापरवाही तथा सुशासनका सवालमा देखिने कमजोरीलाई हल गर्न एप सहयोगी हुने विश्वास सरकारको छ ।