कर्णाली प्रदेश दोस्रो अधिवेशन आज

होमल्याण्ड खबर

२०७५ जेष्ठ ११ गते, शुक्रबार ०६:२१ मा प्रकाशित

मुलुकमै पहिलोपटक प्रदेश नामाकरण गर्न सफल कर्णाली प्रदेशको प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ ।
आजको वैठकमा चार वटा विधेयक बैठकमा पेश हुँदैछन् । त्यसअघि प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट प्राप्त पत्र सभामुख राजबहादुर शाहीले पढेर सुनाई अधिवेशनको सुरुवात गर्ने कार्यसूची रहेको छ ।
आज दिउसो १ बजे बस्ने वैठकको प्रमुख कार्यसुचिमा यसअघिको वैठकमा पेश भएको कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ लाई निर्णयार्थ पेश गर्ने कार्यक्रम रहेको संसद सचिवाललयले जनाएको छ ।
यस्तै, आज प्रदेश सभा सचिवालयका सचिव राजेश पौडेलले सामाजिक संघसंस्था नियमन सम्बन्धी विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी बनेको विधेयक–२०७५, सार्वजनिक लिखत प्रमाणीकरण कार्य्िवधि सम्बन्धी विधेयक र कर्णाली प्रदेशको गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रियासम्बन्धी बनेको विधेयक पेश हुने जानकारी दिनुभयो ।