८ मंसिर २०८१, शनिबार
काठमाडौंः तीनवर्ष देखि रोकिएको कृषियोग्य जग्गाको कित्ताकाट फुक्का गरिएको छ । गत भदौ १८गते भूमी व्यवस्था मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै तीनवर्ष देखि रोकिएको कृषियोग्य जग्गाको कित्ताकाट फुक्का गरेको हो ।
जनताको मर्कालाई मध्यनजर गर्दै सर्बोच्च अदालतको आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा मन्त्रालयले यो निर्णय गरेको हो ।
भूमी व्यवस्था मन्त्रालयले जनतालाई अंशबण्डा गर्दा पनि अदालत जानुपर्ने समस्या परेकाले यो निर्णय गर्नु परेको जनाएको छ ।मन्त्रालयको यो निर्णय पछि कानून र स्थानीय सरकार संचालन ऐन अनुसार जग्गा कित्ताकाट गर्न सकिने मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बताए ।
२०७४ असारमा तत्कालीन मन्त्री गोपाल दहितका पालामा कित्ताकाट गर्न रोक्का गिरएको थियो । त्यति बेला व्यवस्थित बस्ती बसाउने , खण्डीकरण रोक्ने र कृषिको उत्पादन बढाउन भन्दै कित्ताकाटमा रोक लगाइएको थियो ।
कित्ताकाट रोक्दा अनियमित काम भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फुक्का गर्न मन्त्रालयलाई निर्देशन दिएको थियोे । भने अदालतले पनि फुक्काको आदेश दिएको थियो ।