३ मंसिर २०८१, सोमबार
काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । बैठक असोज ४ गते आइतबारका लागि सारिएको छ ।
यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बैठक बस्ने तय गरिएको छ । बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने महासचिव पौडेलको भनाइ छ ।
स्रोतका अनुसार बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना गरिएको छ । बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा व्यवस्था मिलाइ सकिएको बताइएको छ ।