कुन्दन काफ्लेको नेतृत्वमा चिनियाँ दूतावास अघि प्रदर्शन, ६ जना गिरफ्तार

होमल्याण्ड खबर

२०७७ आश्विन १२ गते, सोमबार १२:१६ मा प्रकाशित

काठमाडौं : नेपालको अतिक्रमित भूमि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघका नेता,कार्यकर्ताहरुले चिनियाँ दूतावास  अगाडी प्रदर्शन गरेका छन् । नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा भएको प्रदर्शनमा ६ जना गिरफ्तार भएका छन् ।

सो क्रममा  नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठी सहित ६ विद्यार्थी नेता चिनियाँ दूतावास अगाडीबाट पक्राउ परेको अर्का प्रदर्शनकारी मनिष सिँखडाले जानकारी दिए । आन्दोलनमा नेविसंघका नेताहरु नवराज त्रिपाठी,प्रनिल तामाङ,सुवोध ओलि,विन्दा बोगटी,अर्बत खड्का,दिपेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बिना शर्त रिहाइ गर्न काफ्लेले माग गरेका छन् । उनीहरु सबै चिनौं सिमाना जोगषऔं माटो अभियानसँग समेत सम्बन्धित छन् । नेपालले लिपुलेकसहित समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्रिपाठी संयोजक रहेको यो अभियानले विभिन्न स्कुल,कलेजमा नेपालको नयाँ नक्सा बनाउन सिकाएको थियो भने वसन्तपुरमा वृहत कार्यक्रम आयोजना गरेको थियो ।

हुम्ला जिल्लाको नाम्खा गा पा- ६ लिमिलाप्चामा मिचिएको नेपाली भुमि फिर्ताको लागि  चिनियाँ दुतावास अगाडि प्रदर्शन गरेका हुन् ।