३ मंसिर २०८१, सोमबार
काठमाडौँ : प्रमु्ख विपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाएर मन्त्रीहरू थप गरे कडा विरोधमा उत्रिने चेतावनी दिएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारले आम नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सुविधा दिन नसकिरहेको बेलामा मन्त्रालयको संख्या बढाएर मन्त्रीहरू थप्ने कार्य कुनै हालतमा सैह्य नहुने बताएका छन् ।
उनले मन्त्रालय फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नेपालको नयाँ संविधानले अन्त्य गरे पनि सरकारले त्यसको उल्लंघन गर्न खोजेको भन्दै सचेत गराएका छन् ।
वरिष्ठ नेता पौडेलले फेसबुकमा वर्तमान कम्युनिस्ट (नेकपा) सरकारले देश विकासको बजेटलाई अनावश्यक भर्तीकेन्द्र खडा गरी बिना दरबन्दी मनपर्दी ढंगले आफ्ना मान्छे राखी पाल्ने काम गरेको उल्लेख गरेका छन् । उनले मुलुकले कर्मचारीको पेन्सन समेत धान्न नसक्ने अवस्था भइसकेको भन्दै यस्तो स्थितिमा मन्त्रालयको संख्या बढाएर मन्त्रीहरू थप्ने काम गरिए विरोधमा उत्रिनुको विकल्प नभएको बताए छन् ।
प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको आन्तरिक विवाद मिलाउनका लागि देशलाई नै भार पर्ने गरी आफ्नो सुविधाका लागि मन्त्रालय फुटाएर मन्त्रीहरू थप्ने प्रयास गरिरहेको पौडेलको भनाइ छ ।
प्रधानमन्त्री ओलीले केही मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका छन् । हाल प्रधानमन्त्रीको कार्यालयसहित २१ वटा मन्त्रालय छन् ।