३ मंसिर २०८१, सोमबार
काठमाडौं । बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बालुवाटारमा शुरु भएको छ। बैठक बिहीवार अपरान्ह बस्ने भए पनि आज भने बिहानै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
हप्तामा दुई दिन सोमवार र बिहीवार नियमित बैठक बस्न सक्ने ब्यवस्था रहेको थापाले जानकारी दिए। आज अपरान्ह प्रधानमन्त्री व्यस्त हुने भएकाले बिहानै बोलाइएको उनको भनाई छ। ‘हप्तामा दुई दिन बस्न सक्छ भन्ने हो। अरु बेला ४ बजे बस्ने गरेको थियो। आज बिहानै भयो,’ उनले भने।
मन्त्रिपरिषद पुनर्गठबारे चर्चा भए पनि ढिलाई भइरहेको छ। नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहल प्रचण्डबीच मन्त्रिपरिषदमा क-कसलाई सहभागी गर्ने र कसलाई बिदा गर्ने भन्नेमा कुरा नमिलेको बताइएको छ।