३ मंसिर २०८१, सोमबार
काठमाडाैं । आज बस्ने भनेको नेकपा सचिवालय बैठक स्थगित भएको छ । बालुवाटारमा देखिएकाे कोरोना भाइरसको संक्रमणका कारण बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार, विदेश मामिला सल्लाहकार, सचिवालय र सुरक्षा टोलीका सदस्यसहित ७० जनाभन्दा बढीमा शनिबार कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।
याेसँगै हालकाे लागि प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका भेटघाट पनि स्थगित गरेका छन् ।