३ मंसिर २०८१, सोमबार
प्रदेश नम्बर पाँच को राजधानी सम्बन्धमा सरकारको निर्णय पछी बुटवलमा भैरहेका प्रदर्शन,सरकारी दमन र धरपक्कड प्रति नेपाल विद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
छलफल,संवाद,वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एबं यथोचित माग लाइ उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड,दमन,कर्फ्यु र सत्ताको आडमा बर्बरतापुर्बक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजीत मानसिकताको उपज भएको नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिना ले बताएका छन् ।
संघको तर्फबाट महामन्त्री तिमल्सिना द्वारा जारी बिज्ञप्तिमा शान्तिपुर्ण ढंगबाट छलफल गरीरहेको अबस्थामा नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कॉंग्रेसका नेताहरु बिष्णु पोखरेल, हरिलाल पाण्डे, शिव गैरे, ज्ञानेन्द्र कार्की, प्रकाश गैरे, कमला पाण्डे लगाएत लाइ गरीएको गिरफ्तारी प्रति घोर भर्त्सना गर्दै तत्काल बिनासर्त रिहाईको माग गरीएको छ ।
गिरफ्तार गरीएका सम्पुर्ण नेताहरुको रिहाइ र वार्ताको वातावरण बनाउन सरकार संग आग्रह गर्दै अन्यथा नेबिसंघको नेतृत्वमा कडा संघर्षमा उत्रने महामन्त्री तिमल्सिनाले चेतावनी दिएका छन् ।