३ मंसिर २०८१, सोमबार
बुटवल । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । कांग्रेसको अवरोधका कारण २ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
कांग्रेस सांसदहरुले उठेर नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीमगरले २ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरिरहेको छ ।
बैठक सुरु भएसंगै सांसदहरुले रोष्टम घेराउ गरेर विरोध जनाएका थिए । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् ।