डा. केसीसंग सरकारले गर्यो ८ बुँदे सहमति, अनसन आइतबार तोडिने (सहमतिपत्रसहित)

होमल्याण्ड खबर

२०७७ आश्विन २५ गते, आईतवार ००:३० मा प्रकाशित

काठमाडौं : अनसनरत डा गोविन्द केसीले आइतबार अनसन तोडने भएका छन् । २७ दिनयता अनसनमा रहेका केसीले उनकोतर्फबाट बनेको वार्ता समिति र  सरकारबीच सहमति भएपछि अनसन तोडने भएका हुन् । सरकारले डा. केसीसँग ८ बुँदे सहमति गरेको छ ।

चिकित्सा क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै केसीले जुम्लाबाट अनसन थालेका थिए । उनलाई सरकारले काठमाडौं ल्याएपछि केसीले अनसन जारी राखेका थिए । डा केसी र सरकारबीच ८ बुँदे सहमति भएको वार्ता टोलीका एक सदस्यले बताए ।  डा केसी  त्रिवि शिक्षण अस्पताल महाराजगन्मा अनसनमा छन् ।

सहमतिपत्र :