८ मंसिर २०८१, शनिबार
शनिबार रातीको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डले नाइजेरियालाई हराएको छ ।
लण्डनस्थित विम्ब्ली रंगशालामा भएको खेलमा घरेलु टिमले नाइजेरियालाई २–१ ले हरायो । ग्यारी केहिलले सातौं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डको अग्रता २–० मा लम्ब्याए ।
पहिलो हाफमा २ गोलको अग्रता लिएको इंग्ल्याण्डले दोस्रो हाफको सुरुवातमा नै गोल खायो । ४७औं मिनेटमा एलेक्स इओबीले गोल गर्दै इंग्ल्याण्डको अग्रता २–१ मा छोट्याएका थिए । तर त्यसपछि गोल हुन नसक्दा इंग्ल्याण्ड विजयी भयो ।