नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

होमल्याण्ड खबर

२०७७ आश्विन २९ गते, बिहीबार १३:२५ मा प्रकाशित

काठमाडौं । बुधबार नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका थिए । उनले तीनै जनाले आज शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीनै जना मन्त्रीलाई नेपालको संविधानको धारा ८० बमोजिम पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा लगायत उपस्थित भएका थिए ।
बुधबार प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थमन्त्री, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकासमन्त्री र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।