३ मंसिर २०८१, सोमबार
काठमाडौं । ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न २१ दलले सातवटै प्रदेशमा विरोध प्रदर्शन गर्ने भएका छन्।
२१ दलिय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहित उखु किसानको बक्यौतालाई लिएर विरोध प्रदर्शन गर्न लागेका हुन।
गत बिहीबार बसेको गठबन्धनको बैठकले मंसिर ७ गते काठमाडौंको माईतीघरमा प्रदर्शन गर्ने निर्णय गरेको हो।