३ मंसिर २०८१, सोमबार
काठमाडौ । सचिवालय बैठक आज बुधबार राख्ने र नराख्नेबारे मंगलबारदेखि जारी रस्साकस्सीपछि तोकिएकै समयमा हुने भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आजका लागि तय भएको सचिवालय बैठक सार्न प्रयास गरेपनि त्यसमा सफलता पाउन सकेन ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत सदस्यले बैठक गरिछाड्ने अडान लिएका थिए।
दुई पक्षको रस्साकस्सीबीच आज बिहान तोकिएकै समय र स्थानमा राख्ने सहमति भएको हो।
अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि तोकिएको समयमै बैठकमा सहभागी हुने जानकारी गराएका थिए।
प्रधानमन्त्री ओली पार्टी सचिवालय बैठकमा सहभागी हुने भएपछि यता सोहि समयमा बोलाइएको मन्त्रीपरिषद्को बैठक एक घण्टाका लागि सारिएको हो।
प्रधानमन्त्री केहीबेर सचिवालय बैठकमा बसेर मन्त्रिपरिषद् बैठकमा सहभागी हुने तयारीमा रहेको स्रोतको दाबी छ ।