३ मंसिर २०८१, सोमबार
काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेपछि साे प्रस्ताव फर्ता नगरुन्जेल बैठक नराख्ने पक्षमा ओली थिए । आजकाे बैठक सार्न ओलीले प्रयास गरे पनि ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि बैठकमा सहभागी भएका हुन् ।
समाचार स्रोतका अनुसार सचिवालय बैठक केहीबेर बसेर स्थगित गर्ने गरी तयारी भएको छ ।