३ मंसिर २०८१, सोमबार
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयकाे बैठक मंसिर १३ गते बस्ने गरी स्थगित भएकाे छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले १० दिनपछि बस्ने गरी आजको बैठक सकिएको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिब २ घण्टा बसेर स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पनि सहभागी थिए ।
ओलीले बैठक सार्न आग्रह गरे पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतकाे समूहले सार्न नमानेपछि बैठक बसेकाे थियाे । प्रचण्ड-नेपाल समूहले प्रस्तुत गरेको प्रस्ताव अर्को बैठकमा छलफल गर्न सहमत भएपछि प्रधानमन्त्री ओली आजको बैठकमा सहभागी हुन तयार भएको बताइएको थियो ।