याङ्छीको सक्रियता कुटनीतिक मर्यादा विपरित , राणा भन्छन् -नेकपाको असली चरित्र उदांगो भो

होमल्याण्ड खबर

२०७७ मंसिर ३ गते, बुधबार १६:४६ मा प्रकाशित

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता उदयशमशेर राणाले सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन चिनियाँ राजदूत हाउ याङ्छीको सक्रियतामा प्रश्न उठाएका छन् । केहिबेरअघि फेसबुकमा लेख्दै उनले याङ्छी सक्रियतालाई कुटनीतिक मर्यादा विपरित भनेका छन् ।

पूर्व अर्थराज्यमन्त्री समेत रहेका राणाले लेखेका छन्, “ एउटा पार्टीभित्रको आन्तरिक विवादमा चिनियाँ राजदूतको सक्रियताले कुटनीतिक मर्यादाको सीमा नाघेको छ। र यसले नेकपाको असली चरित्र पनि उदांगो पारिदिएको छ। पार्टीभित्रको विवाद मिलाउन राजदूतको भूमिका खोजिनुले नेकपा कहाँबाट सञ्चालित छ भन्ने स्पष्ट हुँदैन र ? ” सत्तारुढ दल नेकपाभित्र अहिले विवाद उत्कषृमा छ । हिजो साँझ राजदूत याङ्छीले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेकी थिइन् । त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेकी थिइन् । केहि महिनखाअघि नेकपा फुटको संघारमा पुग्दा याङ्छीले नै ओली , नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेताा माधव नेपाललाई भेटेर विवाद मिलाइदिएकी थिइन् ।