४ मंसिर २०८१, मंगलवार
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार (आज)का लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुने बताए ।