४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा सबै दल एकजुट हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लाे समय गणतन्त्र विराेधमा राजावादीहरू सल्बलाएकाे भन्दै त्यसविरुद्ध एकजुट हुन आह्वान गरेका हुन् ।
यसका साथै ओलीले कोराेना संक्रमणको नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षालगायतका विषयमा जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेकाे बताइएकाे छ ।
पछिल्लो समय राजतन्त्रकाे पक्षमा देशव्यापी आन्दाेलन चर्किएका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बाेलाएका हुन् । यसैगरी प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले पनि हिंसात्मक गतिविधि बढाएकाे छ ।
यसअघि कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका सन्दर्भमा छलफल गर्न पनि ओलीले सर्वदलीय बैठक राखेका थिए ।