४ मंसिर २०८१, मंगलवार
काठमाडौं : नेपाल विद्यार्थी संघले सरकारविरुद्ध आज सिठ्ठी जुलुस निकालेको छ । काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट केहीबेरअघि संघले जुलुस निकालेको हो । महामन्त्री दिपक भट्टराईको नेतृत्वमा जुलुस निस्किएको हो ।
भ्रष्ट र नालायक सरकार मूर्दावाद,मंसिर २९ गतेको विरोध सभा सफल पारौं लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । भोली कांग्रेसले सरकारविरुद्ध देशैभर प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा नेविसंघले सिठ्ठी जुलुस निकालेको हो । महामन्त्री भट्टराईले कोरोनाका नाममा भएको भ्रष्टाचार,तनहुँमा कवरिष्ठ नेता रामचन्द्र पौडेलमासथ भएको दुव्र्यवहार, दुईतिहाईको आडमा सरकारी दमनका विरोधमा नेविसंघले प्रदर्शन गरेको जानकारी दिए ।