४ मंसिर २०८१, मंगलवार
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को स्थायी कमिटि बैठक केहीबेरमा बस्दैछ। दिउँसो १ बजे बालुवाटारमा बस्ने तय भएको बैठक सार्नका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् ।
ओलीको प्रस्ताव लिएर नेता शंकर पोखरेल बिहान प्रचण्ड निवास गएका थिए । पोखरेलले स्थायी समिति बैठक सार्न गरेको ओलीको प्रस्ताव प्रचण्डलाई सुनाएका थिए । तर सो प्रस्ताव प्रचण्डले अस्वीकार गरेको उनको सचिवालयले जनाएको छ ।
संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्ष आक्रोशित बनेको छ । स्थायी समिति बैठकमा सो विषयमा छलफल हुनेछ ।