४ मंसिर २०८१, मंगलवार
काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धामा आज सुनुवाई नहुने भएको छ ।
सर्वोच्च अदालतले सापकोटाविरुद्धको मुद्दा दैनिक पेसी सूचिमा आजका लागि राखेको थियो ।
सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूसंवैधानिक इजलासमा पेसी तोकिएको थियो । तर आज उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्चको वेवसाइटमा उल्लेख गरिएको छ
यसअघि २०७६ फागुन ३० मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।
काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पति अर्जुन लामाको हत्यामा सापकोटा संलग्न रहेको जिकिर गदै सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन्। यो मुद्दा विचाराधीन रहेकै वेला सापकोटा सञ्चारमन्त्री भएका थिए।
अदालतको अवहेलना भएको भन्दै नागरिक समाजका अगुवा कणकमणि दीक्षितले २०६८ असार ६ गते रिट दायर गरेका थिए। त्यहि रिटमा आज सुनुवाई तोकिएको थियो ।